Breaking News.... EverestOnlineKhabar
March 15, 2026

आठराई गाउँपालिकामा कांग्रेस–माओवादी तालमेल

Loading

तेह्रथुम, २ असार ।
तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दिने भएका छन् । गाउँपालिका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र साथै वडाहरुमा संघीय लिम्बुवान मञ्चले समेत तालमेल गर्दै संयुक्त रुपमा उम्मेदवारी दिने भएका हुन् ।
गाउँपालिकाको लागि कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका नारायणकुमार ईङनामलाई उम्मेदवार बनाएका छन् । गठबन्धनले उपाध्यक्ष पदमा भने नेकपा माओवादी केन्द्रकी रमिला खनाललाई उम्मेदवार बनाएको छ । साविक ईवा गाविस घर भएका कांग्रेस नेता ईङनाम पूर्व जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ । ईङनाम ०५४ सालको निर्वाचनमा ईवा गाविस अध्यक्षमा पराजित हुनुभएको थियो । त्यतिवेला उहाँ मावि शिक्षकको जागिर छाडेर राजनीतिमा आउनुभएको हो ।
खनाल माओवादी केन्द्रकी जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उहाँ ०६० सालदेखि माओवादीमा क्रियाशील हुनुहुन्छ । आठराई गाउँपालिकामा दुई पार्टी गठबन्धन पछि आफूहरुको जित सुनिश्चित भएको गठबन्धनको दावी छ । गाउँपालिकाका विभिन्न वडाहरुमा समेत कांग्रेस, माओवादी केन्द्र र संघीय लिम्बुवान मन्चले गठबन्धन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.