Breaking News.... EverestOnlineKhabar
March 14, 2026

भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा

Loading

काठमाडौ,२० जेठ ।
भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि एन्फाले २० सदस्यीय टोलीको घोषणा गरेको छ । एएफसी एसियन कप २०१९ को छनौट खेलको अभ्यासका लागि नेपाल र भारतबिच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
प्रशिक्षक ग्योतोकी कोजीले फिलिपिन्ससँग खेलेको टोलीमा केही परिवर्तन गरेका छन् । रंजित धिमाल र विक्रम लामा यसपटक टिममा परेनन् भने बिमल बस्नेत र हेमन्त थापाले स्थान बनाएका छन् ।
गोलकिपरमा विकेश कुथु, किरण लिम्बु र विशाल श्रेष्ठ, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र जितेन्द्र कार्की छन् ।
यस्तै, मिडफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ तथा फरवार्डमा बिमल घर्ति मगर, भरत खवास र नवयुग श्रेष्ठ छन् । नेपालले आइतबार भारतको राष्ट्रिय टिमसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.