![]()
काठमाडौ,२० जेठ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई तीन–तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै दिल ठूलो बनाएहुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए । दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसंँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको स्रोतले बतायो । तर उनीहरुबीच के विषयमा छलफल भयो त्यो सार्वजनिक हुन सकेको छैन् ।


