Breaking News.... EverestOnlineKhabar
March 13, 2026

सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा माओवादी केन्द्रको विरोध प्रदर्शन

Loading

विराटनगर, जेठ १३ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दल माओवादी केन्द्रले शनिबार विराटनगरमा प्रदर्शन गरेको छ ।

माओवादी केन्द्रले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

माओवादी केन्द्र विराटनगरको आह्वानमा विराटनगरको निलसदनबाट निकालिएको विरोधर्‍यालीमा माओवादी केन्द्रको तर्फबाट विराटनगर उपमहानगरपालिकाका प्रमुख एवं उपप्रमुखका उम्मेदवारहरु भोगेन्द्र यादव र नमिता न्यौपाने पनि सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.