Breaking News.... EverestOnlineKhabar
April 30, 2026

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

Loading

काठमाडौ,१४ जेठ ।
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । २० वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नेछन् । वैशाख ३१ गते भएको चुनावको दुई सातापछि घोषित परिणाम अनुसार कांग्रेसका राजुराज जोशीलाई २१ हजारभन्दा बढी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन् ।
उनले ६९८५० मत पाए भने जोशीले ४८७४३ मत पाए । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed