Breaking News.... EverestOnlineKhabar
March 13, 2026

गोमा एअरको कार्गो विमान दुर्घटनाः पाइलट पारस राईको मृत्यु

Loading

गोमा एअरको एउटा कार्गो विमान शनिबार लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।

काठमाडौंबाट उडेको ‘नाइन एन ए के वाई’ कलसाइन भएको कार्गो विमान अवतरणकाक्रममा रुखमा ठोक्किएर दिउँसो २ बजेर ४ मिनेटमा दुर्घटना भएको हो । रुखमा ठोक्किएर पछारिएको विमान तीन टुक्रा भएको जनाइएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विमानचालक पारस राईको मृत्यु भएको छ । उनको उपचारकाक्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सहचालक सिर्जन मानन्धर र परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय पासाङ ल्हामु निकोलनिकी अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरुको उद्धारलगत्तै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएको छैन ।

उद्धारपछि स्थानीय अस्पताल भर्ना गरिएका उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं पठाउन भन्दै फेरि विमानस्थल ल्याइएको थियो ।

तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि फेरि फर्काएर स्थानीय अस्पतालमै राखिएको छ ।

मौसममा सुधार आउनासाथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.