Breaking News.... EverestOnlineKhabar
March 15, 2026

यी हुन् ‘जाँदाजाँदै’ दाहाल सरकारको तीन निर्णय, मन्त्रीहरुले खिचाए सामूहिक फोटो

Loading

काठमाडौं, जेठ ९ । सरकारले राष्ट्रिय समाचार समिति (रासस)मा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो ।

त्यस्तै, निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरिएको छ ।

बैठकले बूढीगन्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

प्रधानमन्त्रीले संसदमा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्वीर खिचाएका थिए । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.