![]()
स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र नै अग्रस्थानमा छन् । यी तीन दलबीच नै मुख्य प्रतिष्पर्धा भएको छ । पहिलो चरणको निर्वाचनलाई माओवादी केन्द्रले कसरी समिक्षा गरेको छ ? प्रस्तुत छ, यसै शन्र्दभमा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता हिमाल शर्मासंग एभरेष्ट अनलाईन खबर सम्वाददाताले गरेको संक्षिप्त कुराकानी–
१.पहिलो चरणको स्थानीय तह निर्वाचनलाई माओवादी केन्द्रले कसरी लिएको छ ?
– पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताको उल्लेख्य सहभागिता मात्रै रहेन निकै उत्साह पनि रह्यो । स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसंग जोडिएको छ । स्थानीय तहको निर्वाचनले माओवादीको जित भएको छ । निर्वाचनले माओवादीको एजेण्डा स्थापित भएको छ । सिंहदरवारमा रहेको अधिकार गाउँगाउँमा पुर्याउने माओवादीको एजेण्डा स्थापित र कार्यान्वयन भएको छ । गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेशीता,समानुपातिक जस्ता माओवादी केन्द्रका एजेण्डा स्थापित भएका छन् । सारमा भन्नुपर्दा माओवादी केन्द्रका एजेण्डा स्थापित भएका छन् । संविधान कार्यान्वयन भएको छ ।
२.स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्र तेस्रो स्थानमा नै रह्यो । यो स्थितिलाई कसरी लिनुभएको छ ?
– अंकगणित भन्दा एजेण्डा मुख्य कुरा हो । निर्वाचनमा माओवादीको एजेण्डाको जित भएको छ । त्यसकारण माओवादीको जित भएको छ । कुन गाउँपालिका,नगरपालिका,वडामा कस्ले जित्यो कस्ले हार्यो, माओवादीले कति मत ल्यायो त्यो गौण कुरा हो । मुख्य कुरा त राजनीतिक एजेण्डा हो । राजनीतिक एजेण्डामा माओवादीको जित भएको छ । यसमा मुख्यतःमाओवादी केन्द्रले राजनीतिले जितेको छ कि छैन भन्ने कोणवाट हेरेका छौ ।
अर्को कुरा स्थानीय तहको चुनावमा माओवादी केन्द्रको ग्राफ निकै बढेको छ । २०७० सालको संविधानसभा चुनावमा माओवादी केन्द्रको १३ प्रतिशत थियो भने स्थानीय तहको चुनावमा २३ प्रतिशत भन्दा माथी छ । हामीले राजधानी लगायत एकआध ठाउँमा जनतालाई बुझाउन सकेनौ,यो विषयमा आत्म समिक्षा गरौला । तर, अब दोस्रो चरणको स्थानीय तहको चुनावमा झन् राम्रो स्थिति देखा पर्छ ।
३.नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल त गर्यो । त्यो शिर्ष तहमा मात्र देखियो तर स्थानीय तह अर्थात मतदातामा देखिएन नि ?
– हो,पोखरा लेखनाथ महानगरपालिका र भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो । तर,स्थानीय तहमा केहि विरोधाभाषा कुरा आईरहेका छन् । शिर्ष तहमा एक प्रकारको बुझाई भयो तर स्थानीय तहमा तालमेलको स्प्रिड बारे बुझाउन सकिएन् । तल्लो तहका कार्यकर्तालाई बुझाएर,काउन्सिलिङ गरेर गएको भए र तालमेल गरेपछि मतदातालाई बुझाउन प्रयाप्त समय पाएको भए निकै राम्रो परिणाम आउने थियो । शिर्ष नेताहरुको केही कमजोरी रह्यो । अझै पनि केहि बिग्रेको छैन् । देशभरिको परिणाम हेर्दा माओवादीलाई कुनैपनि कोणबाट कमाजोर आक्न मिल्दैन् । प्रचण्डको नेतृत्वमै चुनाव भयो । अरुको नेतृत्वमा यो सम्भव थिएन् ।
४.माओवादी केन्द्रको ग्रापm बढ्नुमा कांग्रेससंगको तालमेलको प्रभाव हो ? तालमेलले कत्तिको प्रभाव पार्यो ?
– माओवादीको ग्राफ बढेको कांग्रेससंगको तालमेलले होइन् । माओवादी र कांग्रेस मिलेर आएको परिणाम होइन् यो । माओवादी केन्द्रको सरकारले गरेका राम्रा काम,संगठन विस्तार,संगठन व्यवस्थित,एजेण्डालाई जनता समक्ष पुर्याउन सफल हुनु, संघीयताको एजेण्डालाई कार्यान्यन गर्न माओवादीले खेलेको भुमिका र माओवादी केन्द्र नेतृत्वको सरकारले अहिलेसम्म कुनैपनि राष्ट्रघाती काम गरेको छैन् । माओवादी सरकारले जनपक्षिय काम गरेको छ । लोडसेडिङ अन्त्य गरेको छ,भ्रष्ट्राचार न्युनिकरण भएको छ ,महंगी घटेको छ । यावत् कारण माओवादीको स्थिति मजबुद भएको हो ।
५.अब प्रशंग बदलौ, सरकारले अब बजेट कसरी ल्याउँछ ?
– संविधानमा उल्लेख भएअनुसार सरकारले जेठ १५ गते नै बजेट ल्याउँछ । वर्तमान सरकारका अर्थमन्त्रीले नै बजेट प्रस्तुत गर्नुहुन्छ । बजेट पुरानो तरिकाको हुँदैन र आचारसंहिताका कारण नितान्त नयाँ किसिमको पनि हुँदैन् । हाइब्रेट खालको हुन्छ । धेरै भन्दा धेरै बजेट स्थानीय सरकारले पाउने गरी बजेट आउँछ ।


