Breaking News.... EverestOnlineKhabar
March 14, 2026

स्थानीय तह निर्वाचनःकाठमाडौंमा १४२ मतदान केन्द्र संवेदनशील

Loading

काठमाडौ,३० बैशाख ।
प्रहरीले काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ। संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको छ।
काठमाडौंमा एउटा पनि अति संवेदनशील मतदान केन्द्र छैन। संवेदनशील मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक(सइ) तथा सामान्य मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असइ) को नेतृत्वमा प्रहरी खटाइएको छ। सइ र असइको कमान्डमा हरेक मतदान केन्द्रमा म्यादीसहित न्यूनतम १२ प्रहरी खटिने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहले बताए। मतदान केन्द्रमा बढीमा २४ जनासम्म सुरक्षाकर्मी खटिनेछन्।
धेरै मतदाता भएको मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको डिएसपी शाहले बताए। मतदान केन्द्रको भित्री तहमा नेपाल प्रहरी मात्र रहन्छन्। बीचमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिनेछन्। उपत्यकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीको गतिविधि प्रमुख सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष छ।
प्रहरीले नेकपाका केही कार्यकर्तालाई पक्राउ गरिसकेको छ। नाका तथा गेस्टहाउसहरूमा चेकिङ पनि बढाएको छ। चुनावमा सुरक्षा चुनौती दिन सक्ने गुन्डा नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेर छुटेकालाई पनि प्रहरीले तारेखमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.