Breaking News.... EverestOnlineKhabar
March 14, 2026

निर्वाचनले रोकेन विदेश जाने युवालाई

Loading

काठमाडौ,२८ बैशाख ।
२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ। लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले होला, जताततै निर्वाचनकै चर्चा छ। निर्वाचनमाआफ्नो अमूल्य मत खसाल्न विदेशबाट समेत धमाधम मतदाता आउनथालेका छन्। तर यहाँ अर्को जमात पनि छ, उनीहरूलाई निर्वाचनभन्दा आफ्नै पारिवारिक समस्या ठूलो छ।

मनमा भोट खसाल्ने रहर हुँदाहुँदै पनि उनीहरू निर्वाचनको मुखैमा देश छोडिरहेका छन्। वैदेशिक रोजगारीका लागि देश छाड्ने युवाहरूलाई यो चुनावले समेत रोक्न सकेको छैन। मंगलबार मात्रे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ जना नेपाली युवा कोरियन एयरबाट कोरियाका लागि प्रस्थान गरे। यी सबै युवाहरूको अनुभव र भोगाइ पनि एउटै हो।
देशमा निर्वाचनको माहोल तातिरहेका बेला पनि वैदेशिक रोजगारका लागि विदेश जाने युवाहरूको संख्या भने उत्तिकै छ। दिनहुँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारका लागि विदेश गइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.