![]()
पहिलो चरणको स्थानीय तह निर्वाचन आउन अब केहि दिन मात्रै बाँकी छ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतदान आगामी आईतबार हुँदैछ । तीन प्रदेशका २८३ स्थानीय तहमा हुने निर्वाचनमा अहिले स्थानीय स्तरमा चुनावी माहौल तिव्र छ । यस्तै, बाग्लुङ्को जैमिनी नगरपालीकामा पनि चुनावी माहोल निकै बढेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एमालेलगायतका दलहरु चुनावी मैदानमा उत्रिएका छन् ।
माओवादी केन्द्रले जैमिनी नगरपालिकाको मेयरमा शोभाप्रसाद शर्मा र उपमेयरमा देवी शर्मालाइृ अघि सारेको छ । अन्य पार्टीका उम्मेद्वार भन्दा माओवादी केन्द्रका उम्मेद्वारहरु यो नगरपालिकामा शशक्त देखिएका छन् । प्रस्तुत छः यसै सन्दर्भमा माओवादी केन्द्रको तर्फवाट जैमिनी नगरपालिकाका उपमेयर देवी शर्मासंग एभरेष्ट अनलाईन खबर प्रतिनिधिले गरेको संक्षिप्त कुराकानीः
१. देवी जी तपाइको उमेदवारी के को लागि ?
–मेरो उम्मेद्वारी समग्र जैमिनि नगरको सम्बृद्धिको लागि हो । जनताको त्याग तपस्या र वलिदानवाट प्राप्त भएको नयां संविधानलाई व्यवहारमा कार्यान्वयन गर्न र केन्द्रमा हाम्रो पार्टी माओवादी केन्द्रले अघि सारेको आर्थिक सम्बृद्धिको भिजनलाई लागु गर्न मेरो उम्मेद्वारी हो । पार्टीको नीति अनुसार संघीयता कार्यान्वयन,स्थानीय सरकार मार्फत जनतालाई सेवा दिन,जनतालाई आर्थिक रुपले सम्बृद्ध बनाउन र यो नगरको मुहार वदल्न मैले उमेदवारी दिएकी हुँ ।
२.तर,अरु पार्टीका उम्मेद्वारहरुले पनि त यस्तै एजेण्डा अगाडी सारेका छन् नी ?
–एजेण्डा मात्र अघि सार्नु र कार्यान्व्यनको दिशा तिर उन्मुख गराउनु फरक कुरा हुन् । कांग्रेस एमालेले पनि एजेण्डा त अघी सारेकै हुन् नी तर खै कार्यान्वयन गरेको ? तर,यहाँ विचार पुर्याउनुपर्ने कुरा के हो भने जसले वच्चा जन्मायो त्यहि आमालाई वच्चाको वढ्ता माया हुन्छ । उसले हुर्काउन पाउनु उसैको अधिकार पनि हो । संविधानसभावाट संविधान, गणतन्त्र, संघियता, समावेसीसमानुपातीक, धर्म निरपेक्षता , राज्यको पुर्नसंरचनालगायतका अग्रगामी एजेण्डा माआवादीका हुन् । जस्ले एजेण्डा प्रतिपादन गरेको छ कार्यान्वयन गर्ने भिजन पनि उसंग मात्रै हुन्छ । हाम्रो पार्टीको नारा नै छ नी जसको एजेण्डा उसकै नेतृत्व भन्ने । हो,यसकारण यी सवै एजेण्डा माओवादीको भएकोले यसलाई कार्यन्वयन गर्न माओवादीको नेतृत्व नै चाहिन्छ । खुलेआम संघियताको विरोध गर्नेहरु पनि चुनावी मैदानमा छन् । कोही कोही वाध्य भएर माओवादीको एजेण्डा बोकेका पनि छन् । तिनीहरुले भन्दा माओवादीले जित्यो भने संघियता लगायतका ऐजेण्डा कार्यान्वयन गर्न सकिन्छ ।
३. झण्डै दुई दशकपछि स्थानीय तहको चुनाव हुँदैछ, आमजनताको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
– २० वर्षपछि स्थानीय तहको चुनाव हुन लागेको छ । पक्कै पनि यो राम्रो कुरा हो । तर,यो परम्परागत स्थानीय तहको चुनाव नभई स्थानीय सरकारको चुनाव हुन लागेको हो । त्यसकारण यसको निकै ठुलो महत्व छ । यो पहिलेको जस्तो चुनाव होइन् । अहिलेको स्थानीय तहको चुनावले त सिहदरवारको अधिकार गाउ–नगरमा ल्याउँदैछ । यो माओवादीले गरेको त्याग र तपस्याको ठुलो राजनैतिका उपलव्धी हो । यो एजेण्डा माओवादीको मात्र हो । त्यसकारण कार्यान्वयन गर्न पनि माओवादीलाई जिताउनु पर्छ भन्ने आमजन भावना रहेको छ ।
४.तपाई जनतालाई परिर्वतन संस्थागत भएको अनुभुति दिलाउन सक्नुहुन्छ त ?
– जनताले परिवर्तनको अनुभुती गरिसकेका छन् । अब यसलाई संस्थागत गर्नु मात्र बाँकी छ । स्थानीय सरकारमा ठुलो संख्यामा महिलाहरु निर्वाचित हुँदैछन् । त्यस्तै,दलित,अल्पसंख्यक,मुस्लिम,सिमान्तकृत,पिछडिएका वर्ग गरी समेत ठुलो संख््यामा स्थानिय सरकारमा निर्वाचित हुदै छन् । यो उपलब्धि होइन् ? स्थानिय तहमा २२ बटा कानुन स्थानीय जनप्रतिनिधिले नै वनाउन पाउने अधिकार संविधानले दिएको छ । केन्द्रबाट हुने सवैजसो काम नगर–गाउ वाट हुन्छ । अव हामीले विकाशको लागि माथीको मुख ताक्ने जमाना गए । यो उपल्वधी माओवादीको कारणवाट मात्र संभव भएको हो । यी सबै कुराको नेतृत्व दिन म सक्षम छु । यो अनुभुती सम्पुर्ण मतदातालाई भैसकेको छ ।
५.तपाई एक्कासी राजनीतिमा आउनुभयो नि ? किन ?
–एक्कासी होइन् । राजनीतिमा मेरो ठुलो समय र लगाव छ । म अहिले पनि माओवादी निकट बाग्लुंग –काठमाडौ जन सम्पर्क मन्चको अध्यक्ष पदमा रहेर काम गरिरहेको छु । मेरो पनि १० वर्षे जनयुद्ध लगायत विभिन्न आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता छ । राजनीतिमा मेरो सानो ठुलो योगदान छ । म एउटा द्धन्द पीडित महिला पनि हु । यो परिवर्तन आएर आफ्नो स्थानिय सरकार आफै बनाउन पाउने जुन अधिकार माआवादीको कारण संभव भयो , यसमा उत्साह जागेको छ । अधिकारलाई दुरुपयोग हैन सृजनशील वनाउने मेरो ठुलो इच्छा शक्ति छ । यहि इच्छाशक्ति वोकेर म चुनावी मैदानमा उत्रिएको हुँ ।


