Breaking News.... EverestOnlineKhabar
March 16, 2026

संशोधनबारे छलफल गर्न सकिने एमाले नेता खनालको भनाई

Loading

काठमाडौ,२६ बैशाख ।
नेकपा एमालेका वरिष्ठ नेता उंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनपछिमात्र संविधान संशोधनबारे छलफल गर्न सकिने बताएका छन् । सोमबार राजधानीमा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा नेता खनालले देशमा जारी राजनीतिक गतिरोधको अवस्था अन्त्य गर्ने प्रमुख आधार नै निर्वाचन भएको बताए ।
नेता खनालले स्थानीय तहको निर्वाचन सफल बनाउन सबैपक्ष लाग्नुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले कतिपय ठाउँमा आफ्ना नेता–कार्यकर्ताहरुमाथि सत्तारुढ दलका कार्यकर्ताबाट आक्रमण भएको भन्दै एमालेले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.