Breaking News.... EverestOnlineKhabar
February 7, 2026

नेपाली सेनालाई काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणकाे जिम्मा –

Loading

मन्त्रिपरिषद् बैठकले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । द्रुतमार्ग निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारले बताउँदै आएपनि औपचारिक रुपमा निर्णय गरिएको थिएन ।

बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च दिने निर्णय गरेको छ । यसअघि स्थायी सेवामा रहेका कर्मचारीहरुले मात्र पोशाक भत्ता पाउने व्यवस्था थियो । बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदले डीआईजीहरु पुष्पराम केसी, नारायणबावु थापा, रामशरण पौडेललाई एआईजीमा वढुवा गर्ने निर्णय गरेको छ । नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ ।
बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको सम्मानद्घारा पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले सामान्य प्रशासन मन्त्री केशवकुमारको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.