Breaking News.... EverestOnlineKhabar
April 30, 2026

इंग्लिस प्रिमियर लिगःचेल्सी र टोटेनह्याम विजयी

Loading

एजेन्सी,१८ बैशाख ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले इभरर्टनलाई ३–० गोल अन्तरले हराएको छ । चेल्सीका लागि पेड्रोले ६६ औँ मिनेटमा, चहिलले ७९ औँ मिनेटमा र विलियनले ८६ औँ मिनेटमा गोल गरे ।
जितसँगै चेल्सीको ३४ खेलबाट ८१ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटेनह्यामको ३४ खेलबाटै ७७ अंक रहेको छ। आइतबार राति नै भएको खेलमा टोटेनह्यामले आर्सनललाई २–० गोल अन्तरले हराएको थियो ।
टोटनह्यामका लागि डेल अलीले ५५ औँ मिनेट र पेनाल्टीमार्फत ह्यारी केनले ५८ औँ मिनेटमा गोल गरे । यस्तै राति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड र स्वान्सी सिटीले एक एकको बराबरी गरेका छन् । मिडल्सवर्ग र म्यानचेस्टर सिटीले पनि दुई दुई गोलको बराबरी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed