Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अफगानी सुरक्षा कारबाहीमा ४३ विद्रोहीको मृत्यु

Loading

काबुल,१८ बैशाख ।
अफगानिस्तानको विभिन्न प्रान्तमा शनिबार साँझदेखि सुरु भएको सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु भएको अफगानी गृहमन्त्रीले जनाएका छन् । अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको आतंकवादविरुद्धको कारबाहीमा ४३ जनाको मृत्यु भएको छ । त्यस्तै, अन्य आठ जना घाइते भएको मन्त्रालयले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
मृतकमध्ये १७ जना इस्लामिक स्टेट समूहका सशस्त्र लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । पछिल्ला केही हप्तायता अफगानी सुरक्षाकर्मीले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed