Breaking News.... EverestOnlineKhabar
April 27, 2026

वैशाख ३१ गते तोकिएको निर्वाचन सर्ने संकेत

Loading

काठमाडौ,बैशाख ।
दलहरुबीचको बेमेलले बैशाख ३१ गते तोकिएको पहिलो चरणको स्थानीय तह चुनाव सर्ने संकेत देखिएको छ । स्थानीय निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत गरेका छन्।
प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेका हुन् । प्रधानमन्त्री दाहालले निर्वाचन दुई चरणमा गर्दा पनि पूर्वघोषित वैशाख ३१ को मितिलाई केही पर सार्नुपर्ने भन्दै घुमाउरो प्रस्ताव राखेका थिए।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भनेः‘मैले प्रधानमन्त्रीको भावना बुझें अनुसार उहाँले घुमाउरो भाषामा वैशाख ३१ को निर्वाचन केही पर सार्ने वा निर्वाचन एकै चरणमा गर्ने द्धिविधा युक्त धारणा राख्नुभयो।’ चौधरीका अनुसार दाहालले प्राविधिक समस्या देखाएर वैशाख ३१ को निर्वाचनलाई पर सार्नुपर्ने संकेत गरेपनि स्पष्ट रुपमा यो धारणा बैठक समक्ष राख्न सकेका थिएनन्।
बैठकमा सहभागी अधिकांश नेताहरूले स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा राखेको चौधरीले जानकारी दिए। सत्तापक्षका नेता नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले प्रधानमन्त्री दाहाललाई पैसाको खेलमा लागेर संशोधन प्रस्ताव पारित गराउनतर्फ नलाग्न सुझाव दिँदै एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलहरू बीचको बैठक कुनै निर्णयमा पुग्न नभइ सत्ता गठबन्धनका दलहरूबीच स्थानीय निर्वाचन, मतगणना प्रक्रिया, संसद्मा विचाराधिन संशोधन प्रस्तावमाथि दुई तिहाई पु¥याउने प्रयास र आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित थियो।
प्रधानमन्त्री दाहाललाई निर्वाचन एकै चरणमा सम्पन्न गर्न दलका नेताहरूले सुझाव दिएका थिए। एकै चरणमा निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणको निर्वाचन सकिए पछि मात्रै मतगणना सुरु गर्न सत्ता पक्षका नेताले सुझाव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed