![]()
काठमाडौ,१३ बैशाख ।
चुनावमा सहकार्य गर्ने विषयमा नेकपा एमाले र क्रान्तिकारी माओवादीका नेताहरुबीच छलफल भएको छ । चुनावी गठवन्धन बारे नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच छलफल भएको हो । छलफलमा दुई वामपन्थी पार्टीहरुबीच सहकार्यको सम्भावना बारे गहन छलफल भएको बरिष्ठ नेता खनालको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको निवास डल्लुमा दुई नेताहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।
दुई नेताहरुबीच देशको वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, संविधान संशोधन र आगामी दिनमा दुई वामपन्थी दलहरुबीच सहकार्यको सम्भावना बारेमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
दुई नेताहरुबीचको छलफल सकारात्मक भएको र छलफललाई टुङ्गोमा पर्याउन भेटवार्तालाई निरन्तरता दिने सहमति समेत भएको छ ।


