Breaking News.... EverestOnlineKhabar
March 13, 2026

विराटनगरमा पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी

Loading

विराटनगर, बैशाख ११ । विराटनगर उपमहानगरपालिका–१९ घिनाघाटस्थित पञ्चकन्या टोलको एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी परेका छन् ।
ईश्वरी पौडेलको घरमा लगाइएको पूजाको प्रसाद खाएकाहरुमा झाडापखाला लाग्ने, बान्ता आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको हो ।

पौडेलको घरमा चार दिन अघि लगाइएको घरपैंचो पूजामा रोटी, तरकारी र अचार खाएपछि बिरामी परेको स्थानीय नवराज ढुंगानाले बताए ।

बिरामीहरुको कोशी अञ्चल अस्पताल र नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.