Breaking News.... EverestOnlineKhabar
March 13, 2026

अन्ततः मधेसकेन्द्रित दलहरु निर्वाचनमा जान राजी, निर्वाचन दुई चरणमा गर्ने सहमति

Loading

अपडेटः काठमाडौं, वैशाख ९ । सत्तारुढ र मधेसकेन्द्रित दलहरुबीच नयाँ संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित आइतबार (भोलि) व्यवस्थापिका–संसदमा दर्ता गरी पारित गरेर निर्वाचनमा जाने सहमति भएको छ । –

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तासाझेदार प्रमुख दलका शीर्ष नेता र आन्दोलनरत् मधेसकेन्द्रित दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरी स्थानीय तहको निर्वाचनमा सबै दलहरु सहभागी हुने सहमति भएको मन्त्री रमेश लेखकले जानकारी दिए ।

बैठकमा निर्वाचन दुई चरणमा गर्ने सहमति भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

पहिलो चरणको निर्वाचन वैशाख ३१ गते नै गर्ने र केही ठाउँहरुमा जेठ अन्तिम साता निर्वाचन गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

योसँगै मधेसकेन्द्रित दलहरुले घोषणा गरेको आन्दोलनसमेत स्थगन हुने भएको छ ।

आइतबार परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित हुने र आइतबार नै मोर्चाले आन्दोलन फिर्ताको औपचारिक घोषणा गर्ने मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

आइतबार मन्त्रिपरिषदको बैठक बसेर संविधान संशोधन प्रस्तावलाई परिमार्जन गर्ने नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.