Breaking News.... EverestOnlineKhabar
April 12, 2026

कागवेनीमा भयानक बस दुर्घटना, पाँच जनाको मृत्यु

Loading

कागवेनीमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट मुस्ताङको सदरमुकाम जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको बस कागवेनीको उकालोमा पल्टिँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । म्याग्दी बस सञ्चालक समितिद्वारा सञ्चालित बसमा ३५ जना यात्रु रहेका र अघिकांश यात्रु घाइते भएको बताइएको छ ।घाइतेहरुको उपचारको लागि मुस्ताङ्ग जिल्ला अस्पताल जोमसोम ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु अहिले घटनास्थलमा पुगी उद्धारको काममा खटिएका प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed