Breaking News.... EverestOnlineKhabar
March 12, 2026

निर्वाचनको माहोल तयार भइसक्यो, सक्रियतापूर्वक लाग्नोस् : देउवा

Loading

काठमाडौं, वैशाख ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनका सक्रियतापूर्वक सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार भएको कार्यक्रममा सभापति देउवाले निर्वाचनको माहोल तयार भइसकेकाले सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका हुन् ।

उनले निर्वाचनपछिमात्रै मुलुकले आर्थिक विकासमा फड्को मार्ने भएकाले स्थानीय तहमा जित सुनिश्चित बनाउन अपिल गरे ।

सभापति देउवाले निर्वाचन असफल पार्ने षड्यन्त्रसमेत भइरहेकोतर्फ ख्याल गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरे ।

मधेसकेन्द्रित दलहरु पनि निर्वाचनमा सहभागी हुने भएकाले मुलुकले गति लिने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.