Breaking News.... EverestOnlineKhabar
March 16, 2026

पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ : राष्ट्रपति ट्रम्प

Loading

अमेरिका, ८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार (आज) बताएका छन् ।

बिहीबार (हिजो) बेलुका भएको आतंककारी आक्रमण घटनाको अतिवादी समूह इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।

अमेरिकी राष्ट्रपतिले फ्रान्सको आगामी आइतबार हुने निर्वाचनका विषयमा रहेको मौनतालाई भंग गर्दै ट्वीटरमार्फत भनेका छन् –‘पेरिसमा भएको अर्को आतंकवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ,’

ट्रम्पको ट्वीट पेरिसमा एक बन्दुकधारी आक्रमणकारीले एक जना प्रहरीको मृत्यु भएको केही घण्टापछि आएको हो ।
फ्रान्सको राष्ट्रपतिका लागि आगामी आइतबार हुने पहिलो चरणको निर्वाचनको सिलसिलामा रक्तपातपूर्ण घटना हुनसक्ने भनी सतर्कता अपनाइरहेका बेला आईएसद्वारा आक्रमण भएको छ । सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षितगरी आक्रमण गराएका छन् । पछिल्ला दुई वर्षको अन्तरमा २३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

आक्रमणपछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चार नेतामध्ये तीन जना पेन, इमान्युयल म्याक्रोन, फ्रास्वाँ फिलनले शुक्रबारका लागि तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.