Breaking News.... EverestOnlineKhabar
March 16, 2026

नयाँ शक्ति र संघीय फोरमबीच एकताको तयारी

Loading

काठमाडौं, बैशाख ८ । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि समिति बनाइएको छ ।
नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकाली पार्टी एकता संयोजन समिति गठन गरेको घोषणा गरेका हुन् ।

दुई पार्टी एकताका लागि दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणालीसमेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन पार्टी एकता संयोजन समिति गठन गर्ने निष्कर्षमा पुगिएको विज्ञप्तिमा उल्लेख छ ।

समितिमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई छन् । बिहीबार मात्र मधेशी ६ दलबीच एकता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.