Breaking News.... EverestOnlineKhabar
February 7, 2026

संसद् विघटन गरेर चुनाव गराउन बाबुराम भट्टराई को चुनौती …………….

Loading

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन ठूला दल निर्वाचन नगराउन लागि परेको आरोप लगाएका छन् ।
संयोजक भट्टराईले ठूला तीन दल सत्ताको भागबण्डामा मात्रै केन्द्रित भएको आरोप पनि लगाए । पार्टी केन्द्रिय कार्यालय बबरमहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ठूला दलले माघ ८ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको कामलाई अघि बढाउन नचाहेको जिकीर पनि गरे ।
उनले निर्वाचनमा लागि परेका आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर तीन ठूला दलले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको आरोप पनि लगाए ।
संयोजक भट्टराईले तीन ठूला दललाई संसद विघटन गरेर केन्द्रिय संसदको चुनाव गरेर देखाउन पनि चुनौति दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.