Breaking News.... EverestOnlineKhabar
March 13, 2026

महासंघको नेतृत्व चयनका लागि मतदान सुरु, वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधानबीच प्रतिस्पर्धा

Loading

काठमाडौं, चैत २९–निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि विहानैवाट मतदान सुरु भएको छ । विहान ८ बजेवाट मतदानको समय तालिका राखिएको भएपनि तोकिएको समयभन्दा करिव एक घण्टा ढिला गरि मतदान सुरु भएको हो ।

महासंघको एक वरिष्ठ उपाध्यक्ष, जिल्ला÷नगर र वस्तुगत उपाध्यक्ष सहित अन्य सदस्य पदका लागि मतदान भइरहेको छ । एसोसिएट उपाध्यक्षमा यसअघिनै चन्द्र ढकाल निर्विरोध निर्वाचित भइसकेका छन् । आज दिउँसो सकिने मतदानको साँझ सम्ममा नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोरकुमार प्रधान चुनावी मैदानमा छन् । उनीहरुको भाग्य फैसला साँझ सम्ममा हुने छ । दुवै उम्मेदवार आफ्नो जित निश्चित रहेको भन्दै निर्धक्क रुपमा आफुलाई प्रस्तुत गरिरहेका छन् ।

जिल्ला, नगर तथा अन्य समुहका प्रतिनिधी पनि आफ्नो समूहका सदस्यलाई जिताउन मतदानमा व्यवस्त भएका छन् । गत रातभर पनि केही पदमा सहमती प्रयास भएको थियो । वरिष्ठ उपाध्यक्षमा पनि सो प्रयास जारी रहेको थियो । तर, दुवै उम्मेदवार चुनावी मैदानवाट वाहिरिने अवस्था रहेन । जसका कारण दुवैविच कडा प्रतिश्पर्धा देखिएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा भैरहेको मतदानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छा र प्रधान अंगालेमा वाधिएर खुसीका साथ मतदानमा सहभागि भएका थिए । दुवै उम्मेदवारविच स्वस्थ प्रतिश्पर्धा देखिएको छ । महासंघको आजको निर्वाचनमा व्यवसायी रोहणी थपलियाले पहिलो मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.