Breaking News.... EverestOnlineKhabar
February 4, 2026

फ्रान्सेली मन्त्रीद्वारा राजीनामा

Loading

आफ्ना छोरीहरुलाई जागिर दिएको भन्ने विवाद चर्कदैं गएपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री ब्रुनो ल रुले राजीनामा दिएका छन्।
संसदीय सहयोगीहरुका रुपमा आफ्ना दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप उनीमाथि छ तर उनले त्यसको खण्डन गरेका छन्। अन्तरिक मामिला मन्त्री ल रुले आफू र आफ्ना छोरीहरुले कुनै पनि संसदीय नियम उल्लंघन नगरेको तर सरकारको निम्ति आफू बाधक बन्न नचाहेको बताएका छन्।

१५ वा १६ वर्षको हुँदा छोरीहरुले उनको सहयोगीहरुका रुपमा काम गर्न थालेको बताइएको छ।सन् २००९ देखि २०१६ बीच भएको ठानिएको उक्त कामका लागि उनका छोरीहरुलाई राज्यको ढुकुटीबाट ६० हजार डलर दिइएको जनाइएको छ।

फ्रान्सको संसदमा आफ्ना परिवारका सदस्यहरुलाई नियुक्त गर्नु गैरकानूनी मानिदैंन तर आन्तरिक मामिला मन्त्रीका छोरीहरुले अन्य स्थानमा ‘इन्टर्नसीप’सहितको गतिविधिमा संलग्न हुंदाहुंदै पनि सहयोगीका रुपमा रकम बुझेको पाइएको छ।

यद्यपि ल रुले छुट्टीको बेला आफ्ना सहयोगीको रुपमा छोरीहरुले काम गरेको तर त्यो स्थायी प्रकृतिको नभएको बताएका छन्।यसैबीच पुरातनपन्थी राष्ट्रपतीय उम्मेदवार फ्रान्स्वाँ फियोविरुद्ध सम्भावित जालसाजीबारे पनि छानविन गर्न अनुसन्धानको दायरा फराकिलो बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.