Breaking News.... EverestOnlineKhabar
April 18, 2026

नेपाली आतिथ्य बिर्सने छैन: राजकुमार ह्यारी

Loading

ब्रिटिश राजकुमार ह्यारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको भन्दै पर्यटकहरुलाई नेपालको भ्रमण गर्न सुझाव दिएका छन्।गत वर्ष नेपालको भ्रमण गरेका र अफगानिस्तानमा गोर्खा सैनिकहरुसंगै बसेका राजकुमार ह्यारीले गोर्खालीहरुको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गरे।

नेपाल ब्रिटेनबीच संबन्ध कायम भएको दुईसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा सोमबार सहभागी भएका बेला राजकुमार ह्यारीले उक्त अभिव्यक्ति दिएका हुन्।

नेपाल ब्रिटेनबीच सम्बन्ध कायम भएको दुईसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन राजकुमार ह्यारी दूतावास प्रांगणमा पुग्दा उनको भव्य स्वागत गरिएको थियो।

सो कार्यक्रमलाई संबोधन गर्दै उनले ठिक एक वर्ष अघि आफु नेपाल पुगेको स्मरण गरे।”ठिक एक वर्ष अघि मैले नेपाल भ्रमण गर्ने मौका पाएको थिएँ। मैले भेटेका सबैजनाले मलाई दिनुभएको न्यानो स्वागत र आतिथ्य, खासगरी मँगली तामाङ र उहाँको परिवार जसको घरमा म बसें, त्यो मैले कहिल्यै बिर्सने छैन,” उनले भने।

गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट आफुले खुशी र गर्व महसुस गर्ने गरेको बताउँदै राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ समर्पण र व्यावसायिकता उदाहरणीय रहेको बताए। ब्रिटेनमा गोर्खालीहरुप्रति उच्च सम्मान रहेको कुरा दुई वर्ष अघिको भूकम्पपछि चलाइएको सहयोग संकलन अभियानमा ब्रिटिश जनताले देखाएको सहभागिताबाट प्रष्ट भएको उनले उल्लेख गरे।

राजकुमार ह्यारीले आउँदा कैयौं शताब्दीहरुसम्म नेपाल र ब्रिटेनबिच निकट सम्बन्ध तथा मित्रता कायम रहने र आफुले पोहोर साल लगाएको टिका मेटिन नपाउँदै फेरि नेपाल पुग्ने आफ्नो इच्छा रहेको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed