Breaking News.... EverestOnlineKhabar
March 14, 2026

Loading

पाचन सुधार्छ: पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ। यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ। कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ। यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ।

तौल घटाउन उपयोगी: मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ। यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ। यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ। जसबाट तौल घटाउन पनि मद्दत मिल्छ।

रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ: यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ। मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ।

मूत्रबद्र्धक रुपमा कार्य गर्छ: महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ। यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ। कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ। मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो। युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ।

कब्जियत हटाउँछ: तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट। यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ। यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ। सुख्खा भएको दिसालाई भिजाउँछ। यसले दिसा गर्न सहयोग गर्छ।

मुख स्वास्थ्यमा सुधार: एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ। कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ। मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो। कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ।

2 thoughts on “तातोपानीमा मह र कागती मिसाएर पिउदा हुने फाइदा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.