![]()
सलमान खान र कट्रिना कैफको अनस्क्रिन रोमान्स दर्शकले फेरि हेर्न पाउने भएका छन्। अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा है’मा सलमान र कट्रिनाले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।
यो फिल्म एक था टाइगरको सिक्वेल हो। एक था टाइगरमा काम गरेपछि सलमान कट्रिनाको रियल रोमान्सको चर्चा भएको थियो। तर, उनीहरुको सम्बन्ध दिगो हुन सकेन। यतिसम्म कि केही वर्ष सलमान र कट्रिनाले बोलचाल समेत बन्द गरे।
सलमानसँग ब्रेकअप भएपछि रणबीर कपुरसँग नजिकिएकी कट्रिना रणबीरको पनि असल साथी बन्न सकिनन्। पुन सलमानसँग जोडिएकी कट्रिना सलमानसँग पुन रियल रोमान्समा रमाउँछिन् वा अनक्रिनमा सिमित हुनेछिन् हेर्न बाँकी नै छ।


