Breaking News.... EverestOnlineKhabar
April 19, 2026

चौतर्फी आलोचनापछि आफ्नो निर्णयवाट पछि हटे काठमाडौ महानगरपालिकाका मेयर

Loading

काठमाडौ,१० असार ।
चर्को आलोचनापछि काठमाडौं महानगरका नगर कार्यपालिकाका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको छ । महानगरको हालै बसेको नगर कार्यपालिकाका बैठकले जनप्रतिनिधिहरुलाई ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएको थियो । शुक्रबार साँझ बसेको बैठकले यो निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । एक जनप्रतिनिधिले भनेः‘हामीले जनताको सेवालाई सहज बनाउने पवित्र उद्देश्यले यो निर्णय गरेका थियौं । तर, आलोचना भएपछि स्थगित गरिएको छ ।’
स्रोतका अनुसार मेयर र उपमेयरका साथै नगर कार्यपालिकाका सदस्यहरु मोबाइल बाँड्ने निर्णय महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै प्रस्ताव थियो । मेयर शाक्यले यसलाई नकारात्मक रुपमा लिन नहुने बताएका थिए । यस्तै, काठमाडौं महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । असार १५ गतेबाट चिकित्सकहरुको टोली पठाएर बृद्धबृद्धाको घरमै स्वास्थ्य जााच गर्ने महानगरको निर्णय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed