Breaking News.... EverestOnlineKhabar
April 19, 2026

चाँगुनारायण नगरपालिका वडा नं.७ मा काँग्रेसका केसी विजयी

Loading

भक्तपुर,१५ जेठ ।
चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् । उनले एक हजार ७१ मत प्राप्त गरे भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी दलित महिला सदस्यमा काँग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले काँग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गरिन् । दुर्गाले ८९० मत प्राप्त गर्नुभयो भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरिन् ।
यसैबीच चाँगुनारायणमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले २३३ मतले अग्रता लिएका छन् । मिश्रले ६ हजार ७२ मत प्राप्त गरेका छन् भने काँग्रेसका राजाराम खड्काले पाँच हजार ८३९ मत प्राप्त गरेका छन ।
त्यसैगरी राप्रपाका रवीन्द्र प्रताप शाहले तीन हजार ५९० र नेमकिपाका न्हुछेभक्त फोजू ले तीन हजार २१४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी विना बास्तोलाले छ हजार ४५३ मतका साथ अग्रता लिएकी छन् भने काँग्रेसकी राधा बाँनियाले छ हजार ३०२ मतका साथ पछ्याइहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed