Breaking News.... EverestOnlineKhabar
April 19, 2026

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए गणतन्त्र दिवसको शुभकामना

Loading

काठमाडौ,१५ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न राजनीतिक दलका नेताहरुले १० औं गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा शुभकामन सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताएका छन् ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् । उनले जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट प्राप्त समावेशी संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको र दोस्रो चरणको निर्वाचन पनि उल्लासमय रुपमा हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed