Breaking News.... EverestOnlineKhabar
April 19, 2026

स्थानीय तह निर्वाचनले श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद…..?

Loading

अछाम,२७ जेठ ।
अछाममा राजनीतिक प्रतिस्पर्धाकै कारण कतिपयले घरबारै तोड्नु परेको छ । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ का मनसरा बुढाले श्रीमानसँस सम्बन्ध विच्छेद गरेकी छन् । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण उनले सम्बन्ध बिच्छेद गर्नुपरेको बताइन् ।
अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन भने कृष्ण एमाले समर्थक । प्रकाशले भनेः‘ हाम्रो आस्था मिल्दैन, राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनका बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए ।
ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी मधेरो, मेलापात र घाँस दाउरामा पनि राजनीति पसेको छ ।
कतिसम्म भने कांग्रेस–एमालेको हिँड्ने बाटोसमेत अलग छ । बजारबाट घर फर्किदा एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरु मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरु सहभागी हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed