Breaking News.... EverestOnlineKhabar
April 20, 2026

देउवा प्रधानमन्त्री भएपछि गृहजिल्ला डडेल्धुरामा नाचगान

Loading

डडेल्धुरा,जेठ ।
संसदबाट देशको ४० औं प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि उनको गृहजिल्ला डडेल्धुरामा खुशीयाली मनाईएको छ । सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला डडेल्धुराको असिग्राम गाविसमा २००३ सालमा जन्मिएका उनी संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं संसदीय दलका नेता हुँदै प्रधानमन्त्री बनेपछि जिल्लावासी हर्षित बनेका हुन् । संसदबाट निर्वाचित भएलगत्तै डडेल्धुरा कांग्रेसले सदरमुकाम बागबजारमा बाजागाजाका साथ नाचगान गर्दै नगर परिक्रमा गरी तुफानडाँडामा कोण सभा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed