Breaking News.... EverestOnlineKhabar
April 19, 2026

कश्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

Loading

काठमाडौ,११ जेठ ।
भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ ।
मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल म्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । उनीहरुमा सबैभन्दा कान्छा रबिन शर्मा थिए । उनको गत माघमा मात्र बिहे भएको थियो ।
मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी सन् १९९६ मा सेनामा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed