Breaking News.... EverestOnlineKhabar
April 19, 2026

आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

Loading

एजेन्सी,११ जेठ ।
लिबियाली तट क्षेत्रमा एक डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इटालियन तटरक्षक टोलीका अनुसार आप्रवासी सवार सो डुंगामा करिब ५ सय जना थिए ।
अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेको बताइएको छ । तीमध्ये अधिकांशलाई उद्धार गरिए पनि केहीलाई भने बचाउन नसकिएको जनाइएको छ ।
लिबियाको तटबाट करिब ३० समुद्री माइलको दुरीमा सो दुर्घटना भएको हो । ठूलो लहरका कारण सन्तुलन गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed