Breaking News.... EverestOnlineKhabar
July 31, 2026

सुनसरीको देवानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति, मृतकलाई सहिद घोषणा र परिवारलाई राहत दिइने

Loading

एभरेस्ट अनलाइन खबर (everestonlinekhabar.com)

सुनसरी, १५ साउन (२०८३)

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडप तथा गोलीकाण्डका क्रममा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार मध्यराति सरकार र पीडित पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार सरकारले मृतकद्वय ओमप्रकाश मेहताजयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, दुवै मृतकका परिवारलाई प्रतिपरिवार रु. १० लाखका दरले राहत रकम उपलब्ध गराइने र परिवारका एक/एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गरिने सम्झौता भएको छ।

सहमतिका मुख्य ७ बुँदाहरू:

सहिद घोषणा प्रक्रिया: १..मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्न सरकारले तत्काल कानुनी प्रक्रिया अगाडि बढाउने।

२.प्रतिपरिवार रु. १० लाख राहत: मृतकका परिवारलाई राहत स्वरूप सरकारको तर्फबाट जनही रु. १० लाख उपलब्ध गराउने।

३.रोजगारीको व्यवस्था: दुवै मृतकका परिवारका एक/एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने।

४.निष्पक्ष छानबिन र कारबाही: घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गर्ने।

५.मदरसाको छानबिन: देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत र सञ्चालन सम्बन्धमा तत्काल छानबिन अघि बढाउने।

६.प्रतिवेदन कार्यान्वयन: गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने।

७.स्मृति पार्क निर्माण: मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाभित्र उपयुक्त स्थानमा स्मृति पार्क (उद्यान) निर्माण गर्ने।

सम्झौतापत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाशका अभिभावक तथा जयप्रकाशका अभिभावक नरेश मेहता र नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ।

सरकारसँग सम्झौता भएसँगै विगत केही दिनदेखि तनावग्रस्त बनेको क्षेत्रमा स्थिति सामान्य बनाउन र सद्भाव कायम राख्न मद्दत पुग्ने विश्वास लिइएको छ। सहमतिपछि मृतकद्वयको आजै धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिने तयारी रहेको छ।

everestonlinekhabar.com को विशेष समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed