Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

बेलायती महारानी एलिजाबेथ द्वितिय र उनका नाति राजकुमार ह्यारीबिच वार्ता हुने भएको छ । महारानी एलिजाबेथले नाति ह्यारीलाई सोमबार वार्ताका लागि सान्ड्रिङ्घममा उपस्थित हुन आदेश दिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । सो वार्तामा राजकुमार ह्यारी र उनकी पत्नी डचेज अफ ससेक्स अर्थात मेगन मर्केलको भावी भूमिकाका सम्बन्धमा छलफल हुनेछ ।

भेटमा ह्यारीका पिता राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) तथा दाइ राकजुमार विललियम (ड्युक अफ क्याम्ब्रिज) पनि उपस्थित रहने बेलायती राजरबारका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सोमबार हुने छलफलबाट कुनै निष्कर्ष निस्कने सम्भावना भने नरहेको बताइएको छ । द ड्युक एण्ड डचेज अफ ससेक्स (राजकुरमा ह्यारी र उनकी पत्नि मेगन) ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गएको बुधबार गरेका हुन् । उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका छन् । राजकुमार ह्यारी र मेगनले जारी गरेको वक्तव्यमा आफूहरुको बसाई बेलायत र उत्तर अमेरिकामा विभाजित हुने पनि उल्लेख गरिएको छ । ह्यारी र मेगनले वक्तव्य जारी गर्नु पूर्व महारानी एलिजाबेथ, पिता (प्रिन्स अफ वेल्स) तथा राजकुमार विलियम (ह्यारीका दाइ) सँग परामर्श गरेका थिएनन् । ह्यारी पत्नि मेगन क्यानडा फर्किएकी छन् । उनको साथमा छोरा आर्ची पनि रहेको हुन सक्ने अनुमान छ ।

सोमबार हुने छलफलबाट निष्कर्ष ननिस्किए पनि राजकुमार ह्यारी र उनकी पत्निको भावी भूमिका परिभाषित गर्ने सम्बन्धमा अर्को वार्ताका लागि मार्ग खुला गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed