Breaking News.... EverestOnlineKhabar
March 5, 2026

निर्वाचनमा सहभागी हुन राजपा नेपाललाई भारतीय राजदुतको आग्रह….

Loading

काठमाडौ,१७ जेठ ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले स्थानीय निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) का नेताहरुलाई सुझाव दिएका छन् । मंगलबार बिहान राजपाका नेताहरुलाई दूतावासमै डाकेर राजदूत मञ्जीवसिंह पुरीले यस्तो सुझाव दिएका हुन् ।
राजपाका अध्यक्ष मण्डलका पाँचजना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शरत्सिंह भण्डारी कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छाडेर राजदूत पुरीसँग भेट गर्न दूतावास पुगेका थिए ।
दुई घन्टा लामो छलफलमा राजदूत पुरीले घुमाउरो भाषामा निर्वाचनमा सहभागी हुँदा सहज हुने सुझाव दिएका थिए ।
उनले भनेः‘तपाईंहरु आन्दोलनमा हुनुहुन्छ, निर्वाचनलाई आन्दोलनका रुपमा लैजान राम्रो होला ।’छलफलमा सहभागी एक नेताका अनुसार पुरीले सरकारले निर्वाचन १४ असारमा गर्ने तयारी गरिरहेकाले जाँदा सहज हुने भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.