Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । ललितपुर प्याट्रिएटस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ । क्वालिफायर राउण्डमा काठमाडौं किंग्स इलाभेनलाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो । १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

ललितपुरको जितमा योगेन्द्रसिंह कार्कीले अविजित २८ रन बनाए । अन्तिम ओभरमा आठ रन लिदै उनले ललितपुरलाई खेल जिताएका हुन् । त्यस्तै, कुशल भुर्तेलले २९, कप्तान ज्ञानेन्द्र मल्लले २१ र पवन सर्राफले १९ रन बनाए ।

बलिङतर्फ भने काठमाडौंका प्रदीप साहुले तीन विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएको थियो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले ३२ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed