![]()
काठमाडौं । ललितपुर प्याट्रिएटस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ । क्वालिफायर राउण्डमा काठमाडौं किंग्स इलाभेनलाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो । १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
बलिङतर्फ भने काठमाडौंका प्रदीप साहुले तीन विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएको थियो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले ३२ रन बनाएका थिए ।


