Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बैठकमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना : वरिष्ठ नेता खनाल

Loading

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको जारी स्थायी कमिटी बैठकमा नेतृत्वको चर्को आलोचना भएको जानकारी दिनुभएको छ ।

मंगलबारको बैठकपछि बाहिरिनेक्रममा संचारकर्मीसंग कुरा गर्दै नेता खनालले पार्टीसंगै सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कमिटीका सदस्यहरुले नेतृत्वको चर्को आलोचना गरेको जानकारी दिनुभयो । उहाँले नेताहरुले पार्टीलाई राजनीतिक, बैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेको पनि बताउनुभयो ।

नेता खनालका अनुसार नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको खुलेर बिरोध गरेका थिए । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि मंगलबार ८ जनाले धारणा राखेका थिए ।

पार्टी विधिसम्मत ढंगले पार्टी नचलेको र सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै भीम रावल, योगेश भट्टराई, टोपबहादुर रायमाझी, सोमनाथ प्यासी लगायतका नेता आक्रोशित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed