![]()
एजेन्सी । ९० को दशकका चर्चित प्लेब्याक सिंगर मोहम्मद अजिजको ६४ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको हो । उनको बुधबार मुम्बईमा अन्तिम संस्कार गरिएको छ ।
१९५४ मा पश्चिम बंगालमा जन्मिएका अजिजले आफ्नो गायन करिअरको सुरुवात कोलकाताको गालिब नामको रेष्टुराबाट सुरु गरेका थिए । उनले बलिउडका अलावा बंगाली, उडियालगायत अन्य क्षेत्रीय भाषामा पनि गाएका थिए । उनी मोहम्मद रफीका फ्यान थिए ।
एउटा गीतले बदलियो जिन्दगी
उनी सन् १९८२ मा मुम्बई आएका थिए । उनलाई सबैभन्दा पहिला सपन जगमोहनले ब्रेक दिएका थिए । अजिजले संघर्षका दिन संगितकार अनु मलिकको घर पनि धाउने गर्थे । अनु मलिक पनि त्यतिबेला संघर्ष गरिरहेका थि । एक दिन अनु मलिकले अजिजलाई बोलाएर फिल्म मर्दको ‘मर्द टांगेवाला…’ गीत दिए । यो सुपरहिट भएपछि उनको भाग्य नै बदलियो ।
एक अन्तर्वार्तामा अजिजले भनेका थिए– मैले ८० र ९० को दशकमा कयौं सुपरहिट गीत गाएँ, यसका बाबजूद मेरो नाम अवार्ड कार्यक्रममा लिइएन, हिट गीत दिइरहेको थिएँ, तर कतिखेर म घरमा थन्किएँ थाहै भएन ।’


