Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पाकिस्तानले दिएको सार्क सम्मेलनको निम्तो भारतद्वारा अस्वीकार

Loading

बीबीसी । पाकिस्तानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका लागि दिएको निम्ता भारतले अस्विकार गरेको छ । सार्क सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता पठाउने पाकिस्तानी विदेश मन्त्रालयको भनाई सार्वजनिक भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आतंकवाद र वार्ता एक साथ हुन नसक्ने प्रतिक्रिया दिएकी हुन् ।

स्वराजले पाकिस्तानले आतंकवाद नरोकेसम्म वार्ता हुन नसक्ने बताएकी छन् । उनले प्रधानमन्त्री सार्क सम्मेलनमा भाग लिन जान नसक्ने स्पष्ट पारेकी छिन् ।

भारतको भोपालमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले भनिन्, ‘हामीले पठानकोट र उरी आक्रमणलाई पनि हेर्नुपर्छ, आतंकवाद र वार्ता साथ–साथ चल्न सक्दैनन् ।’ उनले सार्क सम्मेलनको मिति सबै सदस्यको सहमतिका आधारमा तय गरिने र त्यसपछि सदस्य मुलुकलाई निम्ता पठाउने परम्परा रहेको पनि बताइन् ।

१९ औं सार्क शिखर सम्मेलन सन् २०१६ मा पाकिस्तानमा आयोजना हुनुपथ्र्यो । तर भारतसहित, बंगलादेश, भुटान र अफगानिस्तानलेसमेत सम्मेलनमा भाग नलिने जनाएपछि स्थगित भएको थियो । २०१६ को १८ सेप्टेम्बरमा भारतको जम्मु कश्मिरको उरीमा भारतीय सैनिक क्याम्पमा आतंकवादी आक्रमण भएपछि भारतले सम्मेलनमा भाग लिन अस्विकार गरेको थियो । बंगलादेशले भने घरेलु समस्या देखाउँदैं सम्मेलनमा भाग नलिने जनाएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed