Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रसिद्ध भारतीय गायक मोहम्मद अजिजको ६४ वर्षको उमेरमा निधन

Loading

एजेन्सी ।  ९० को दशकका चर्चित प्लेब्याक सिंगर मोहम्मद अजिजको ६४ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको हो । उनको बुधबार मुम्बईमा अन्तिम संस्कार गरिएको छ ।

१९५४ मा पश्चिम बंगालमा जन्मिएका अजिजले आफ्नो गायन करिअरको सुरुवात कोलकाताको गालिब नामको रेष्टुराबाट सुरु गरेका थिए । उनले बलिउडका अलावा बंगाली, उडियालगायत अन्य क्षेत्रीय भाषामा पनि गाएका थिए । उनी मोहम्मद रफीका फ्यान थिए ।

एउटा गीतले बदलियो जिन्दगी

उनी सन् १९८२ मा मुम्बई आएका थिए । उनलाई सबैभन्दा पहिला सपन जगमोहनले ब्रेक दिएका थिए । अजिजले संघर्षका दिन संगितकार अनु मलिकको घर पनि धाउने गर्थे । अनु मलिक पनि त्यतिबेला संघर्ष गरिरहेका थि । एक दिन अनु मलिकले अजिजलाई बोलाएर फिल्म मर्दको ‘मर्द टांगेवाला…’ गीत दिए । यो सुपरहिट भएपछि उनको भाग्य नै बदलियो ।

एक अन्तर्वार्तामा अजिजले भनेका थिए– मैले ८० र ९० को दशकमा कयौं सुपरहिट गीत गाएँ, यसका बाबजूद मेरो नाम अवार्ड कार्यक्रममा लिइएन, हिट गीत दिइरहेको थिएँ, तर कतिखेर म घरमा थन्किएँ थाहै भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed