Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । गुगलले प्रयोगकर्ताहरूको स्थान पत्ता लगाउने क्रममा डेटा सुरक्षासम्बन्धी यूरोपेली कानुनहरूको उल्लङ्घन गरेको आरोप लागेको छ। यूरोपका सातवटा उपभोक्ता अधिकारवादी सङ्गठनहरूको समूहले आ-आफ्ना देशका डेटा सुरक्षा नियामक निकायहरूसमक्ष गुगलको ट्रयाकिङ प्रणाली विरुद्ध उजुरीहरू दायर गर्ने बताएका छन्।

गुगलले प्रयोगकर्ताहरूको राजनीतिक विचार, धर्म तथा यौनिकताबारे जानकारी खुलाउने खालका तरिकाहरू अपनाएर प्रयोगकर्ताको व्यक्तिगत जीवन बारे सूचना सङ्कलन गरेको आरोप ती उपभोक्ता अधिकारवादी संगठनहरूले लगाएका छन्।

ती सातवटा सङ्गठनहरू ब्रसल्समा यूरोपेली उपभोक्ता अधिकारवादी समूहहरूको प्रतिनिधित्व गर्ने र तिनका पक्षमा वकालत गर्ने एउटा छाता सङ्गठन बीइयूसीका सदस्य हुन्। ती उपभोक्ता सङ्गठनहरूको गठबन्धनका एकजना सदस्यले गरेको अनुसन्धानका आधारमा उजुरीहरू लागिएको छ।

उक्त अनुसन्धानमा गुगलले मानिसहरूलाई स्थान पत्ता लगाउने प्रणाली प्रयोग गर्न बाध्य पारिएको भनिएको छ। गुगलले ट्रयाकिङ स्वतः बन्द भएको र प्रयोगकर्ताहरूले जुनसुकै बेला बन्द गर्न सक्ने बताएको छ। गुगल कम्पनीका भित्री स्रोतहरूका अनुसार गुगलले स्थानबारे सङ्कलन गरिएको डेटा बजार बिस्तार प्रयोजनका लागि प्रयोग गर्दैन।

स्पष्ट पारिएर मात्र जानकारी सङ्कलन गर्ने गरिएको पनि गुगलले बताएको छ। एक विज्ञप्तिमा उपभोक्तावादी सङ्गठनहरूको गठबन्धनले ‘प्रयोगकर्ताहरूलाई उसका विभिन्न ट्र्याकिङ प्रणालीहरू खोल्न लगाएर गुगलले झुक्काउने खालका अभ्यासहरू गरेको’ र ‘प्रयोगकर्ताहरूलाई उनीहरूको इच्छाअनुसार कदम चाल्ने मौका नदिइएको’ बताइएको छ।

यस्ता अनुचित अभ्यासहरूले उपभोक्ताहरूलाई उनीहरूका व्यक्तिगत सूचनाका बारेमा अन्धकार राख्ने ती उपभोक्ता अधिकारवादी समूहहरूका तर्फबाट बोल्दै बीइयूसीले बताएको छ। नेदरल्याण्ड्स, पोल्याण्ड, ग्रीस, नर्वे, स्लोभेनिया, स्वीडेन तथा चेक गणतन्त्रस्थित संगठनहरूले यूरोपको तथ्याङ्क सुरक्षा नियमवली- जेनरल डेटा प्रोटेक्सन रेगुलेशनअन्तर्गत आ-आफ्नो देशका तथ्यांक नियामकहरूसमक्ष उजुरी गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed