Breaking News.... EverestOnlineKhabar
May 1, 2026

युभेन्टस समूह चरणको शीर्ष स्थानमा रहँदा अन्तिम १६ मा प्रवेश

Loading

बीबीसी । युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको समूह एच अन्तर्गतको खेलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै युभेन्टसले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

युभेन्टसको जितमा मारियो मान्जुकीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९ औँ मिनेटमा विजयी गोल गरेका हुन् । अग्रपंक्तिमा क्रिष्टियानो रोनाल्डो, पाउलो डिबाला र मान्जुकी रहेको युभेन्टसलाई पहिलो हाफमा भ्यालेन्सियाको पोस्टमा गोल प्रहार गर्न निकै मुस्किल परेको थियो ।

भ्यालेन्सियाले पहिलो हाफमा गोल गर्ने केही मौकाहरु बनाएको थियो । दोस्रो हाफमा भने युभेन्टस बलियो बनेर फर्कियो । जितपछि अन्तिम १६ मा स्थान पक्का गरेको युभेन्टस समूहको शीर्ष स्थानमा छ १२ अंकसहित ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed