Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । स्लोभेनियाको आर्मीको प्रमुखमा पहिलो पटक महिला नियुक्त भएकी छन् । योसँगै स्लोभेनिया महिला आर्मी प्रमुख हुने नेटोमा आबद्ध पहिलो देश बनेको छ ।

मेजर जनरल एलेन्का अर्मेन्क देशको आर्मी प्रमुख बन्ने भएकी हुन् । उनले बुधबार कार्यभार सम्हाल्दै छिन् । ५५ वर्षकी एलेन्काले सन् १९९१ मा आफ्नो आर्मी जीवन सुरु गरेकी थिइन् । त्यहि बेला स्लोभेनिया युगोसलाभियबाट स्वतन्त्र भएको थियो ।

अहिले उनी आर्मीको उपप्रमुखको रुपमा कार्यरत छन् र अब बुधबारदेखि आर्मी प्रमुख बन्दै छिन् । स्लोभेनियाका राष्ट्रपति बोरुत पाहोरले सेना प्रमुखको रुपमा एलेन्काले आर्मीको प्रदर्शन सुधार गर्ने अपेक्षा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed