![]()
दैलेख । दैलेख ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सुर्खेतबाट ठाँटीकाँध गाउँपालिका–३ बहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको जिप धामीगाउँ नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा ठाँटिकाँध गाउँपालिका १ का निर्मल बम, ३ का राजेन्द्रबहादुर शाही, ४ का रत्ना शाही, चालक रमेश शाही, दिलीप शाही र शमशेर बमको मृत्यु भएको छ।
घाइते हुनेमा वडा नं ४ की मनसरा शाही, जुद्ध सुजीलाई उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको छ। घाइतेहरुको अवस्था चिन्ताजनक छ। धामीगाउँका प्रत्यक्षदर्शीले उकालो जाँदै गरेको बोलेरो जिप ब्याक गर्दा सडकबाट २ सय मिटर तल खसेको थियो ।


