Breaking News.... EverestOnlineKhabar
May 1, 2026

काठमाडौं तिनकुनेस्थित गैरीगाउँमा दुई युवामाथि छुरा प्रहार

Loading

काठमाडौं  ।काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते बनेका छन् । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का घाइतेको नाम खुलेको छैन ।

दुबैजनाको  बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुबै अन्दाजी २० वर्षका छन् । घटनाको कारण भने अझै पत्ता लागेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बताएको छ ।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए ।

त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् । तिनकुनेको यस क्षेत्रमा पटक पटक यसप्रकारका सामूहिक झगडा हुने गरेको स्थानीयबाशीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed